arrow

डिजेल बोकेको ट्रयाक्टर दुर्घटना, एकको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
tractor.jpg

जाजरकोट । सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६  जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।

  छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

डिजेल बोकेर गएको ट्रयाक्टर शनिबार बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।



लोकप्रिय समाचार
नयाँ