व्युनर्स आयर्स। विश्वभरका खेलकुद जगतले अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई शुभकामना तथा वधाइ दिएका छन्। उनी शनिबार ६० वर्ष पुगेका छन। ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सामाजिक इन्स्टाग्राममा लेखेका छन्, “मेरो महान मित्र, म्याराडोनालाई म सदैव प्रशंसा गर्नेछु। म तपाईंलाई सदैव सहयोग गर्नेछु। तपाईको जीवन यात्रा लामो होस्। तपाई सधैं मुस्कुराउनुहोस् र मलाई पनि मुस्कान दिनुहोस। जन्मदिनको शुभकामना।”
म्याराडोनालाई १५० भन्दा बढी खेलाडी तथा खेलप्रेमीहरूले अभिवादन गरेको एक भिडियो स्पेनी जनसम्पर्क प्रतिनिधि रिची कास्टेलानोसले बनाएका छन्। एक घण्टाभन्दा बढीको भिडियोमा इटालियाली युभेन्टसका सुप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि रहेका छन्।
म्यारोडोनाले मेक्सीकोमा भएको सन् १९८६ को विश्वकप फुटबलमा अर्जेन्टिनालाई विजयी बनाउँदै आफूलाई विश्वकै प्रसिद्ध खेलाडीको सूचीमा स्थापित गर्न सफल भएका थिए।
यसैबीच म्याराडोनाले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार एक नयाँ परोपकारी कार्यक्रम “लास १० डेल १०” को सुरुवात गरेका छन्। कार्यक्रमले अर्जेन्टिनाका गरीब समुदायलाई खाद्यान्न, तथा स्वास्थ्य सामग्रीलगायतका सामान प्रदान गरिने बताइएको छ।