नवलपरासी । नेपाली कांग्रेस पाल्हिनन्दन-६ वडा कार्यसमितिले बडादशैं, दिपावली, छ्ठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आएकाहरुलाई पार्टी प्रवेश गराइएको छ। नेपालीहरुको महान चाडको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान पुर्व गृहराज्यमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य देवेन्द्र कण्डेलले विभिन्न दल परित्याग गरि आएकाहरुलाई कांग्रेसको सदस्यता दिइ पार्टी प्रवेश गराएका थिए ।
वडा सभापती जगदिश सहानीको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा जिल्ला संगठन बिभाग प्रमुख राजेन्द्र सहानी, लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ जैसवाल, केन्द्रीय जेष्ठ राजनीतिज्ञ सभा सद्स्य रामचन्द्र मौर्य, केन्द्रीय मुस्लिम बिभाग सद्स्य तौफिक अन्सारी लगायत पार्टी नेता कार्यकर्ताको उपस्थित थिए ।
कार्यक्रममा नेकपा पाल्हिनन्दन ६ न. कमिटी अध्यक्ष राजेन्द्र केवटको नेतृत्वमा ७५ जना नेता कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य कण्डेलले जिल्लामा सक्रियता बढाएसँगै जिल्लामा विभिन्न दल परित्याग गरि कांग्रेस प्रवेश गर्नेको लहर चलेको स्थानिय कांग्रेस नेता कार्यकर्ताले बताएका छन् । यस अघि पनि जिल्लामा उल्लेखनीय रुपमा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका छन्। सो अभियान निरन्तर रहने कण्डेलका स्वकिय सचिव कमल किशोर रायमाझीले जानकारी दिए।