arrow

‌ओलीलाई फेरि खड्गो, बहुमत सचिवालय सदस्यहरु सचिवालय बैठकको पक्षमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
oli-gautam-prachanda-nepal.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र फेरी संकट देखिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली विरुद्ध बहुमत सचिवालय सदस्यहरु एक ठाउँ उभिएपछि संकट देखा परेको हो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले एक ठाउँमा उभिएका छन् । नारायणकाजी श्रेष्ठले त लिखित रुपमै सचिवालय बैठकको माग गरिसकेका छन् भने वरिष्ठनेताद्वय खनाल र नेपाल पनि बैठकको पक्षमा रहेका छन् । 

शनिवार विहान प्रचण्ड निवासमा पुगेका माधव नेपालले पनि सचिवालय बैठक बोलाएर सबै विषयहरु टुंगो लगाउनु पर्ने बताएपछि दिउसो वालुवाटार पुगेका प्रचण्डले ओलीसँग सचिवालय बैठकको प्रस्ताव गरेका थिए । कर्णाली प्रदेशमा नेपाल समूहले पुष्पकमल दाहालसमूहसँग मिलेर अघि बढ्ने सहमति गरेसँगै ओलीले दाहालसँगको सम्बन्ध तोडाउनका लागि नेपाललाई फकाएर पार्टीको भावी नेतृत्व लिन प्रस्ताव गरेपनि नेपालले मानेका छैनन । कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भावी नेतृत्व लिएर पार्टी हाँक्न प्रस्ताव गरेपछि झलनाथ खनालले एक्लै भेटघाटको कुनै अर्थ नभएको भन्दै सचिवालय बैठकबाट टुग्याउन आग्रह गरेका थिए । उपाध्यक्ष गौतम पनि अहिले खनालकै लाइनमा लागेका छन् । ओलीकै डिजाइनमा आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको भन्दै गौतम ओलीसँग रिसाएका छन् । ओली विरुद्ध चार जना सचिवालय एक मत रहेका बेला दाहालले शनिवार बैठकको लागि आग्रह गरेका हुन् । 

‘प्रधानमन्त्री ओलीले नेपालसँग दशैंअघी र पछि दुई राउण्ड छलफल गरेपछि प्रचण्ड शंकामा परेका थिए तर शनिवार विहान नेपालले पनि सचिवालय वैठकका लागि जोड दिएपछि प्रचण्डलाई बल पुगेको हो’, प्रचण्ड निकट एक सदस्यले भने । गत कार्तिक ४ गते र ११ गते प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए । त्यसबाट प्रचण्ड सशंकित भएका थिए । यतिबेला ओली भने नेपाललाई फकाउन असफल भएको छन् । पटक पटक नेपाललाई फकाउने प्रयास असफल भएपछि ओलीलाई सचिवालय बैठक डाक्न अप्ठ्यारो भएको छ । ‘शनिवारको भेटघाटमा ओली सचिवालय बैठक राख्न सहमत भएका छन् तर मिति तोकिएको छैन’, प्रचण्ड निकट स्रोतले भन्यो ‘ उहाँले हुन्छ भन्नु भएको छ मितिको बारेमा भने कुनै प्रतिक्रिया दिनुभएको छैन ।’ तर वालुवाटार निकट स्रोतका अनुसार अझै केही दिन सचिवालय बैठक बस्न सक्दैन । ओलीले आफू अनुकुल हुने अवस्था आएपछि मात्रै सचिवालय बैठक राख्नेछन्।



लोकप्रिय समाचार
नयाँ