arrow

बैंगलोर हारेपछि प्लेअफ रोमाञ्चक, अब असली भिडन्त दिल्लीसँगै 

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
ipl-bangalore2.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा प्लेअफ समीकरण थप रोमाञ्चक बनेको छ । सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेपछि प्लेअफ समीकरण रोमाञ्चक बनेको हो । 

पछिल्ला खेलमा दिल्ली क्यापिटल्स र बैंगलोर लगातार पराजित हुँदा अन्तिम एक चरण खेल्न बाँकी छँदा मुम्बई इन्डियन्समात्र प्लेअफसहित क्वालिफायर्समा पुगेको छ । 

लगातार चौथो हारले दिल्लीको प्लेअफ सम्भावना मुस्किलमा, मुम्बई क्वालिफायरमा

सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादको जितमा ऋद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे । यस्तै जासन होल्डरले नटआउट २६ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए । वासिंगटन सुन्दर र नाभदिप शैनीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ७ विकेटको नोक्सानीमा १ सय २० रन बनाएको थियो । जोस फिलिपेले सर्वाधिक ३२, एबी डी भिलियर्सले २४ तथा वासिंगटन सुन्दरले २१ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २–२ विकेट लिए । यस्तै राशिद खान, शबाज नदीम र टि नटराजनले १–१ विकेट लिए ।

यो हारले अब अन्तिम भिडन्त थप रोमाञ्चक बन्ने भएको छ । दिल्ली क्यापिटल्स र बैंगलोरबीचको अन्तिम भिडन्तले प्लेअफ समीकरण तय गर्नेछ । 

अन्ततः दिल्लीले यो आईपीएलमा सन्दीप लामिछानेलाई खेलाएन

अंक तालिका
जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ ।

यस्तै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

यो हारसँगै बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

बैंगलोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दिल्लीको पनि १४ अंक छ । 

त्यस्तै हैदराबादसँगै किंगस इलाभेन पन्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको समान १२ अंक छ । १२ अंक भएका यी सबै टिमको उत्तिकै प्लेअफ सम्भावना छ । तर यसपालि रन रेटले निकै उतारचढाब बनाउने भएको छ । 

अन्तिम चरण खेल्नुअघि चेन्नई सुपर किंगसमात्र बाहिरिएको छ । उसको १० अंक छ । 



लोकप्रिय समाचार
नयाँ