काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित दिनानुदिन घट्दै गइरहेका छन् । गत महिना १० लाख २० हजार सक्रिय संक्रमित रहेकामा अहिले आधा कम भइसकेको छ ।
शनिबार ४६ हजार ७१५ जना संक्रमित थपिँदा त्यो भन्दा १२ हजार बढी कोरोनामुक्त भएका छन् । अहिलेसम्म संक्रमित हुनेको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ ।
शनिबार ५८ हजार २९२ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ७४ लाख ८९ हजार २०३ पुगेको छ ।
अहिले सक्रिय संक्रमित ५ लाख ७० हजार १०६ जना रहेका छन् । शनिबार ४६७ जनाको ज्यान गएसँगै मृतकको संख्या १ लाख २२ हजार १४९ पुगेको छ ।
भारतका केही राज्यहरुमा भने संक्रमण बढ्दो क्रममा रहेको छ । सोही कारण लकडाउन समेत लगाइएको छ ।