जम्मु काश्मिरको पुँचमा आतंककारी लुक्ने ठाउँ भेटियो, हतियार र गोली बरामद
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
52
Shares
जम्मु काश्मिर । दशकौंदेखि आतंकको सामाना गर्दै आएको जम्मु काश्मिरमा पाकिस्तान निर्देशित आतंकवादी गतिविधी हुँदै आएकबो भारत सरकारले बताउँदै आएको छ। मुस्लिम आतंकवादीहरुलाई जेहादी बनाएर पाकिस्तानले आफ्नो सीमामा घुसपैठ गराउँदै आएको भारतको दावी रहदै आएको छ। यस क्रममा भारत प्रवेश गरेका आतंकवादीहरुले पुलवामा हमला जस्ता घातक आक्रमण पनि गरेका छन्।
पाकिस्तान प्रायोजित आतंकवादको सामना गर्दै आएको भारतले अप्रेसन अलआउट नामक आतंकवादी सफाया अभियान पनि चलाएको छ। यहि क्रममा भारतीय सुरक्षा निकायले जम्मु काश्मिरको पुँच जिल्लामा आतंककारी लुक्ने ठाउँ भेटाएको दावी गरेको छ। प्रहरी र सेनाको संयुक्त अप्रेसनमा उक्त स्थान पत्ता लागेको हो । उक्त स्थान पुँच जिल्लाको मेन्दर तेहसिलको कालावन जंगलमा रहेको पाइएको छ ।
उक्त स्थानबाट एक ५६ राइफल एक थान, तीन थान म्यागेजिन, एक थान बाइनाकुलर्स, एक थान रेडियो सेट, एक थान पाकिस्तानी पेस्तोल, एक सोलार चार्जर, एक राउन्ड ७९३ बरामद गरिएको भारतीय सेनालाई उदृत गर्दै भारतीय मिडियामा उल्लेख छ।