arrow

रहेनन् जेम्स बण्ड

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
james-bond.jpg

काठमाडौं । जेम्स बण्डका नामले परिचित चर्चित कलाकधार सर शन कनरीको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मृत्यु भएको हो । उनका छोरा जेसन कनरीले उनको निधन भएको पुष्टि गरेका हुन् । 

जेम्स बण्ड पछिल्लो केही समयदेखि बिरामी थिए । उनी बहमासमा बस्दै आएका थिए । सुतिरहेकै अवस्थामा उनको ज्यान गएको हो । उनले गत अगष्टमा ९० औं जन्मोत्सव मनाएका थिए । 

उनी पहिलो कलाकार थिए जसले जेम्स बण्डको भूमिका निभाएका थिए । उनी ००७ सिरिजका सात वटा फिल्ममा सहभागी भएका थिए । तीमध्ये ‘डक्टर नो’, ‘फ्रम रसिया विथ लभ’, ‘गोल्डफिंगर’, ‘थन्डरबल’, ‘यु वन्ली लिभ ट्वाइस’, ‘डायमन्डस् आर फरएभर’, ‘नेभर से अगेन’ सामेल रहेका छन् । 

उनी ४० वर्षसम्म फिल्ममा सक्रिय भए । उनले सन् १९८८ मा ‘द अनटचेबल्स’ बाट अस्कर अवार्ड जितेका थिए । त्यस्तै करियरमा उनले दुई वटा बाफ्टा र तीन वटा गोल्डेन ग्लोब अवार्ड पनि जितेका थिए । 

उनलाई सन् १९९९ मा पिपल म्याग्जिनले म्यान अफ सेन्चुरी चुनेको थियो । 



लोकप्रिय समाचार
नयाँ