काठमाडौं । बलिउड अभिनेत्री कंगना रनोटले महात्मा गान्धी र पंडित जवाहरलाल नेहरुमाथि पनि कटाक्ष गरेकी छिन् । उनले लोहपुरुष सरदार वल्लभभाइ पटेलको १४५ औं जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिँदै गान्धी र नेहरुमाथि निशाना लगाएकी हुन् ।
कंगनाले सरदार पटेलसँगको सम्झौताका लागि गान्धीलाई जिम्मेवार ठहर्याएकी छिन् । उनले पटेलले स्वतन्त्र भारतका लागि प्रधानमन्त्री पदसँग सम्झौता गरेको भन्दै आपत्ति जनाइन् ।
उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै लेखिन्, ‘उनले गान्धीको खुशीका लागि भारतका लागि प्रधानमन्त्रीका रुपमा सबैभन्दा योग्य र निर्वाचित पद छाडे । किनकि गान्धीजीलाई लाग्थ्यो कि नेहरु राम्रो अंग्रेजी बोल्छन् । सरदार पटेललाई नोक्सान भएन । तर देशले दशकौं यसको परिणाम झेल्यो । हाम्रो लागि जे सही हो त्यसलाई हामी छिन्नुपर्छ ।‘
दोस्रो ट्वीटमा उनले लेखिन्, ‘मलाई लाग्छ कि गान्धीले नेहरुजस्तै कमजोर दिमाग चाहन्थे ताकि आफूलाई अगाडि राखेर देशलाई नियन्त्रण गर्न सकियोस् । योजना राम्रो थियो । तर गान्धीको हत्यापछि जो भयो त्यो ठूलो विपत्ति थियो ।’
तेस्रो ट्वीटमा कंगनाले भनिन्, ‘भारतका लौहपुरुष सरदार वल्लभभाइ पटेललाई उनको जयन्तीमा श्रद्धाञ्जली । तपाई त्यो व्यक्ति हुनुहुन्थ्यो जसले हामीलाई अखण्ड भारत दियो । प्रधानमन्त्री पदसंग सम्झौता गरेर तपाईले आफ्नो महान् नेतृत्व र विचार हामीबाट टाढा लैजानु भयो । हामीलाई तपाईको फैसलाबाट गहिरो दुःख छ ।’