काठमाडौं । नेपाली कांग्रेसका नेता दमननाथ ढुङ्गानाले अपूर्व र आमूल राजनीतिक परिवर्तनमाथि आशंका गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत आइतबार कतै यो परिवर्तन संविधानमा मात्रै त सीमित हुने हैन भन्दै आशंका गरेका छन् ।
उनले परिवर्तनपछि आम जनतामा विकास निर्माणको लहर चल्नुपर्नेमा त्यसो हुन नसकेको र भ्रष्टाचार घट्नुको सट्टा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘अपूर्व तथा आमूल परिवर्तन संविधानमा सीमित हुने त हैन ? परिवर्तनपछि प्रथमतः आम जनतामा विकास निर्माणको नव लहर चल्नुपर्दछ, भ्रष्टाचार घट्नु, संस्था–संयन्त्रहरू सशक्त बनाइनु, भागबण्डाको संकिर्णता र अपराध संरक्षण तोडिनुपर्दछ। यस्तो वातावरण बन्ने कहिले ?