arrow

ललितपुरमा साठी वर्षमाथिका धेरै संक्रमित, सतहत्तर जनाको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
covid-test-positive-corona.jpg

ललितपुर । ललितपुरमा कोरोना संक्रमणबाट सतहत्तर जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या सतहत्तर पुगेको छ । साथै  संक्रमितको संख्या आठ हजारभन्दा बढी नाघेको छ । संक्रमितको संख्या आठ हजार ४६३ पुगेको हो ।

यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको संख्या पाँच हजार ९७६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ४१० पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । 

उनले भने, “मुलुकमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएसँगै कन्ट्याक ट्रेसिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।” 

ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही संक्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी संक्रमित र ६० वर्ष उमेर माथिका धेरै संक्रमित संख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको संख्या बढिरहेको गेलालको भनाइ छ । 

कूल संक्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी गराए ।

 “संक्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्”, उनले थपे, “जिल्लाभर संक्रमित संख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।” 



लोकप्रिय समाचार
नयाँ