arrow

कोहलपुरमा भेन्टिलेटर नपाएका युवकको संक्रमणबाट सुर्खेतमा निधन

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
Dead_Body.jpg.jpeg

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय युवकको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका कोरोना फोकल पर्सन डा नवराज केसीका अनुसार, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो । 

दशैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो ।  ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ । ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

 योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । प्रदेशभर संक्रमितको सङ्ख्या पाँच हजार ८५३ रहेको छ भने चार हजार ९५८ जना कोरोनामुक्त भइसकेका छन् ।



लोकप्रिय समाचार
नयाँ