काठमाडौं । फिल्ममा देखाइने विभिन्न दृश्यहरु हेर्दा मानिसलाई निकै रमाइलो लाग्छ । तर, उक्त सिनका लागि अभिनय गर्नु निकै कठिन काम हो । उनीहरुले त्यसका लागि धेरै मिहिनेत पनि गरेका हुन्छन् । अभिनय गर्ने क्रममा धेरै कलाकारहरु घाइते पनि हुने गरेका छन् । कहिलेकाँही ज्यानलाई नै जोखिम पर्ने किसिमको घटना पनि हुने गरेको छ ।
यहाँ अभिनयको क्रममा भएको दुर्घटनाबाट मृत्युको मुखबाट बाँचेका भारतीय कलाकारको उल्लेख गरिएको छ –
१. सलमान खान
‘तेरे नाम’ फिल्म खेल्दा यस्तो घटना भएको थियो कि सलमान खान निकै घाइते भएका थिए । यो फिल्म २००३ मा आएको थियो । एक सिनमा उनले रेलवेमा हिँड्नुपर्ने थियो । तर, रेल अचानक आभाष अर्का सहयोगी कलाकारलाई भएको थियो । जसको कारण उनले सलमान खानलाई धक्का दिएका थिए । जसको कारण उनी गम्भीर घाइते भएका थिए ।
२. प्रीति जिन्टा
प्रीति जिन्टा एकपटक कोलम्बोमा प्रस्तुती दिइरहेकी थिइन् । यो क्रममा कन्सर्टको एक भागमा बम विष्फोट भएको थियो । यो घटनामा संयोगले उनी बचेकी थिइन् । त्यस्तै एकपटक थाइल्याण्डमा आएको सुनामीमा पनि उनी चारैतिरबाट घेरिएकी थिइन् ।
३. जोन अब्राहम
जोन अब्राहम ‘शुटआउट एट वडाला’ फिल्मको शुटिङको क्रममा दर्दनाक दुर्घटना भएको थियो । शुटिङको क्रममा अनिल कपूरले जोन अब्राहमलाई गोली प्रहार गर्छन् । ब्लैंक बुलेट जोन अब्राहमको गर्धनमा लाग्छ । उनी गम्भीर घाइते हुन्छन् । उनीहरु बीचको दूरी १५ फिटभन्दा पनि कम थियो । जसको कारण यो घटना भएको हो ।
४. सैफ अली खान
सन् २००० मा आएको ‘क्या कहना’ फिल्ममा उनी प्रीति जिन्टासँग देखिएका थिए । यो फिल्मको शुटिङको क्रममा भएको बाइक दुर्घटनामा सैफ अली खान नराम्रोसँग घाइते भएका थिए । जसको कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
५. ऋतिक रोशन
कृष फिल्म खेल्ने क्रममा ऋतिक रोशन पनि ठूलो दुर्घटनामा परेका थिए । कृष फिल्म शुटिङ गर्दा उनी ५० फीटको उचाइबाट खसेका थिए ।
६. ऐश्वर्या राय बच्चन
सन् २००४ मा आएको फिल्म खाकी फिल्ममा शुटिङको क्रममा उनी दुर्घटनामा परेकी थिइन् । त्यतिबेला उनी अनियन्त्रित जीपसँग ठोक्किएर झाडीमा खसेकी थिइन् । त्यसपछि उनलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो ।