झापा । झापा जिल्लाको गौरिगन्ज गाँउपालिका स्थित खजुरगाछी माविका शिक्षकलाई कोरोना संक्रमण पुष्टि भए पश्चात् पालिकाले त्यहा स्थित सम्पुर्ण विद्यालयहरु बन्द गर्न आइतबार एक सूचना जारी गरेको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नँ ६ स्थित खजुरगाछी माविका एक शिक्षकलाई कोरोना संक्रमण पुष्टी भएको हो । कोरोनासंक्रमणका लक्षणहरु देखिएपछि स्वाब परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक गहेन्द्र बिक्रम साहले जनाएका छन् ।
गौरीगञ्ज वडा नं ६ निबासी शिक्षकलाई कोरोना पुष्टी भएको र अन्य २ जना शिक्षकहरुमा पनि कोरोनाको लक्षणहरु देखिएकोले उनिहरु होम आइसोलेसनमा बसिरहेको प्रअ साहले जनाएका छन् ।
दुई जना शिक्षकहरुमा पनि कोरोनाका लक्षणहरु देखिनुका साथै केहि शिक्षकहरुलाई समेत सामान्य ज्वरो सहितको लक्षणहरु देखिएको प्रअ साहले बताए ।
उक्त जानकारी पश्चात् गौरिगन्ज गाँउपालिकाले आजैको मितिबाट लागू हुनेगरि मङ्सिर ६ गते सम्मका लागि पालिकाका सबै सामुदायिक तथा सस्थागत विद्यालयहरुको प्रसाशनिक कार्यबाहेकका सम्पुर्ण पठनपाठनका गतिबिधीहरु बन्द हुने जानकारी सहितको सूचना जारी गरेको छ ।
हाल झापा जिल्लामा कोरोना भाइरसको संक्रमण तिब्रगतिमा बढेकोले संक्रमीतहरु आफैले स्वास्थ्य परिक्षण गराइ होम आइसोलेसनमा बस्ने गरेकोले के कति मात्रामा संक्रमण फैलीसकेको छ भन्ने बारेमा सरकारी निकाय सग यकिन तथ्यांक रहेको पाइदैन ।