नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर ३ बि गाउँका ४० बर्षीय पुरुषको गएराति ११ बजे नै मृत्यु भएपनि कोरोना पुष्टि भने आइतबार भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि शनिबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका उनको हिजो नै स्वाब संकलन गरिएको थियो ।
समस्या जटिल बन्दै गएपछि गएराति नै उनको मृत्यु भइसकेको थियो । रिपोर्ट भने आइतबार आएको हो । यो संगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।