arrow

इन्डियन प्रिमियर लिगः दुई टिम बाहिरिए, दुई खेलमा चार टिमको भविष्य निर्धारण  

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
kolkatta2.jpg

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आइतबार दुई टिम प्लेअफ होडबाट बाहिरिएका छन् । आइतबार राजस्थान रोयल्स र किंगस इलाभेन पन्जाब बाहिरिएका हुन् । चेन्नई सुपर किंगस पहिले नै बाहिरिएको थियो । 

मुम्बई इन्डियन्स शीर्ष स्थानमा रहेर क्लालिफायर्समा सुरक्षित रहँदा अब चार टिममध्येबाट तीन टिमको भविष्य दुई खेलबाट निर्धारण हुन बाँकी छ । मुम्बईको १८ अंक छ भने रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सको समान १४ अंक छ । 

सनराइजर्स हैदराबाद, पन्जाब, चेन्नई र राजस्थानको समान १२ अंक छ । चार टिमको भविष्य अब दुई खेलमा अडेको छ । 

बैंगलोर र दिल्ली सोमबार भिड्दै छन् । जित्ने टिम क्वालिफायर्समा पुग्नेछ । हार्ने टिम कम अन्तरमा पराजित भए रनरेटका आधारमा प्लेअफमा पुग्न सक्नेछ । 

मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्नेछन् । यदि सनराइजर्स विजयी भए प्लेअफमा पुग्नेछ । यदि सनराइजर्स पराजित हुँदा र बैंगलोर र दिल्लीमध्ये जित्ने टिमले फराकिलो अन्तरले जित निकाल्दा कोलकाता रनरेटमा प्लेअफमा पुग्न सक्नेछ । 

आइतबारको दोस्रो खेलमा कोलकाता विजयी राजस्थान पराजित
दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकातासँग राजस्थान ६० रनले पराजित भयो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले ९ विकेटको नोक्सानीमा १ सय ३१ रनमात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको नोक्सानीमा १ सय ९१ रन बनाएको थियो । कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए । 

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । 

आइतबारको पहिलो खेलमा चेन्नईद्धारा पन्जाब पराजित
चेन्नईसँग पन्जाब ९ विकेटले पराजित भयो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८.५ ओभरमा ण्मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले नटआउट रहँदै ६२ रन बनाए । यस्तै फाप डु प्लेसिसले ४८ रन जोडे । पन्जाबका क्रिस जोर्डनले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको थियो । दिपक होडाले ३० बलमा नटआउट रहँदै ६२ रन बनाए । चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । 

डिफेन्डिङ रनर अप चेन्नई यो सिजनमा प्लेअफबाट बाहिरिने पहिलो टिम बनेको थियो । तर अन्त्य भने सुखद गरेको छ । चेन्नई सातौं स्थानमा रहन सफल भएको छ । 

पहिलो संस्करणको विजेता राजस्थान भने पुछारमा रहेर लिग सकायो । 



लोकप्रिय समाचार
नयाँ