arrow

कोरोनामुक्त भएर खेलेको पहिलो खेलमै चम्किए रोनाल्डो 

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
ronaldo-juventus.jpg

काठमाडौं । कोरोना भाइरस लागेका पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोनामुक्त भएपछिको पहिलो खेलमा चम्किँदा इटालियन सिरी ए फुटबलमा युभेन्ट्सलाई सहजै जिताएका छन् । 

आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई उसैको मैदानमा ४–१ गोल अन्तरले पराजित गरेको हो । रोनाल्डोले दुई गोल गरे । 

यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे । घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए । 

कोरोनाका कारण करिब ३ साता मैदान बाहिर रहेका रोनाल्डोले ४ खेल गुमाएका थिए । जितसँगै युभेन्ट्स ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

एसी मिलान ६ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा विराजमान छ । मिलानले आइतबार राति भएको खेलमा युडिनेसलाई उसकै मैदानमा २–१ गोल अन्तरले हरायो । 



लोकप्रिय समाचार
नयाँ