arrow

कराँते खेलाडी उज्ज्वल ठकुरीले राखे सातौं पटक ‘गिनिज वर्ल्ड रेकर्ड’  

logo
विजय थापा,
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
ujwal-thakuri-guinness.jpg

वासिङटन डिसी । अमेरिकन मरिन गोजु कराँतेका खेलाडी किर्तिमानधारी उज्ज्वल ठकुरीलाई सातौँ पटक ‘गिनिज वर्ल्ड रेकर्ड’ प्राप्त भएको छ । एकमाथि अर्को गर्दै उनले सातौँ पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् । 

तीन वर्षअघि उनी अमेरिकामा ‘हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड’ बाट सम्मानित भएका थिए । आधा दर्जन भन्दा ज्यादा कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको आगाडि राख्न पाउँदा गर्व लाग्ने बताए । 

उनको विश्व किर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा प्रथम गिनिज वर्ल्ड रेकर्ड, नोभेम्बर २०१७ मा दोश्रो, नोभेम्बर २०१८ मा तेश्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाँचौ ,फेब्रुअरी २०२० मा छैटौं र फेब्रुअरी २०२० मै सातौँ गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका हुन् । 

उनले फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० कै मितिमा सातौँ गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो । 

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए  । ठकुरीले दशैको भोलिपल्ट अक्टोबर २७ ,२०२० बिहान ९ः४५ मिनेटमा आफूले सातौँ गिनिज वर्ल्ड रेकर्ड पाएको सार्वजनिक गरेका थिए । 

काठमाडौंमा जन्मिएका ठकुरी २ दशकअघि अमेरिका आएका हुन् । उनले कराँते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् । 

कराँतेमा उनले आफ्नो आधा दर्जन भन्दा पृथक विशेष अविष्कार छन् ।  ‘फांग खुकुरी काटा’  र ‘फांग ब्रेकिंग’ सहितका उपाधि हासिल गरिसकेका छन् । 

विगतमा  भ्यान्डम शैलीमा ‘कुरो बुशि वर्ल्ड च्याम्पियन’ मा समेत उनी सम्मानित भएका छन् ।



लोकप्रिय समाचार
नयाँ