नेपालगन्ज । दाङका कोरोना संक्रमित पुरुषको नेपालगन्जमा उपचारका क्रममा मृत्युु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार राति ११ः१५ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
कार्तिक १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।