रुपन्देही । रुपन्देहीको मणिग्राममा सोमबार एकाएक भएको भिड अन्ततः र्यालीमा परिणत भयो ।
कुनै औपचारिक रुपमा विरोध प्रर्दशन एंव र्याली हुने वारे कुनै जानकारी नभएर एकाएक स्वस्फुर्त रुपमा सडकमा आएका ठुलो मानिसहरुको जमातले पूर्वराजा ज्ञोनन्द्र शाह र उनकी पत्नी कोमल शाहको प्रिन्ट गरेको फोटो अंकित सेतो टिसर्ट लगाएर नेपालको राष्ट्रिय झण्डा हात लिएर तयारी थिए ।
तर त्यही वरिपर कसैलाई पनि थाहाँ भएन कि यती ठुलो मानिसहरुको जमात किन केका लागि उपस्थित भए । जव मणिग्राम वाट र्याली शुरु भयो, उनीहरुले नारा लगाउन थाले ।
“नेपाली हामी रहौंला कहाँ, नेपाल नै नहरे” र राजा आऊ, देश वचाऊ, जस्ता नारा लगाएर प्रर्दशनको र्याली अहिले बुटवलको राजमार्ग चौराह, अस्पताल लाईन, अमरपथ, गोलपार्क हुँदै ट्राफिक चोक लगायत परिक्रममा गर्ने क्रममा रहेको छ ।