काठमाडौं। नेपालको सबैभन्दा ठूलो ब्राण्ड सिजीले वासिङमेसिनको दुनियामा नयाँ सिरिजको मेसिन लन्च गरेको छ। उच्च गुणस्तरको उक्त मेसिनमा धेरै विशेषताहरु रहेको कम्पनीले जनाएको छ। यसको विशेषताहरुमा स्पा केयर, विएलडिसि मोटर, वाटर क्युब ड्रम, स्वाईल लेबल र उल मार्क रहेको छ। स्पा केयरको सहायताले ७० डिग्रीसम्म तापक्रममा बाफ उत्पन्न गरि कपडामा रहेको किटाणु एवम् यसमा रहको दुर्गन्धहरुलाई ९९.९९ प्रतिशतसम्म स्टरलाईज गर्ने कम्पनीले जनाएको छ।
यसमा विएलडिसि मोटरको प्रयोग गरिएको हुनाले अरु मोटरको तुलनामा ७० प्रतिशत सम्मको इनर्जी बचत गर्दछ। त्यस्तै अर्को विशेषतामा वाटर क्युब ड्रम पर्दछ। यो वासिङ मेसिनमा २१९६ वटा प्वालहरु रहेका छन् र प्रत्येक प्वाल २.४ मिलिमिटर व्यासको साईजमा छन्। यो ड्रमको सहायताले कपडालाई मसाज गरि यसमा रहेको कडा दागहरुलाई सजिलै हटाउने कम्पनीको दावी छ।
उक्ता वासिङ मिसिनमा स्वाईल वास प्रोग्राम रहेको छ। जसको कारण कपडामा रहेको मैलाहरुलाई मापन गरि गहिराईमा गई धुलाई गर्नेछ। यसमा तीन वटा छुट्टा छुट्टै लेबल देखिने छ। प्रयोगक्ताको आवश्यकता अनुरुप यसलाई छानिछानि प्रयोग गर्न सकिने छ।
जाडो महिनालाई मध्यनजर गरि यस वासिङ मेसिनमा उल प्रोग्राम पनि राखिएको छ। जसले गर्दा प्रयोगक्ता जाडोमा प्रयोग हुने कपडाहरुलाई सजिलै धुन सकिने छ। नाईट सिरिज वासिङमेसिन ८ र ९ केजिमा उपलब्ध छ। यो मेसिनमको मोटरमा १० वर्षसम्मको वारेन्टी उपलब्ध गराएको कम्पनीले जनाएको छ।