रुपन्देही । २०६२-६३ को जनआन्दोलनले गणतन्त्र सहित लोकतन्त्रको हावी जमाउन नेपालमा रहेको २३० वर्ष लामो राजतन्त्रलाई विधिवत रुपमा अन्त्य गरेसंगै अहिले नेपाली जनतालाई त्यसको पश्चाताप झेल्नु परेको छ । शाही शासनलाई पाखा लगाएर नेपाललाई नयाँ नेपालको नाम मात्रै दिएका राजनितिज्ञहरुले देशलाई झनै, वर्वादीको खाडलमा पुर्याएको भन्नेहरुको एक समुह राजतन्त्रको पुर्न वहालीको पर्खाईमा रहेका छन् ।
विगतमा राजतन्त्रले देशमा विकास गर्न सकिन र राज्यको ढुकुटीमा रजाई गरेको छ, भन्दै राजतन्त्रलाई पाखा लगाउन सफल भएका राज नेताहरुले अहिले संसदिय अभ्यास वाट देश चलाई रहेका नेताहरु वाट पछिल्लो समय अव नेपाल भन्ने देश र यहाँ वसोवास गर्ने जनताको अस्तित्व नै मेटिने होकि भन्ने शंका पैदा भएको जनआवाज उठ्न थालेको छ ।
विगतमा पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीमा करिव एक हप्ता वसेका थिए । वसाईमा पूर्वराजा शाहले यहाँका प्रसिद्ध वोलवम धाम लगायत अन्य धार्मिक क्षेत्रहरुको दर्शन र यहाँका राजावादी चिन्तन भएका व्यक्तिहरुसंग भेट गरेका थिए ।
शिव सेना नेपालको समन्वय तथा वीर गार्खाली अभियानको आयोजनामा सोमबार रुपन्देहीमा देश र श्रीपेचको रक्षाको लागि भन्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि विशाल मोटरसाइकल र्याली सम्पन्न गरिएको छ ।
देशव्यापी रुपमा सञ्चालन गरिने अभियान अन्तर्गत सोमबार बुटवलमा विशाल मोटरसाइकल र्याली निकालिएको रुपन्देही संयोजक खड्क जिसीले बताएका छन् । उनले भने, वर्तमान सरकारले नागरिकका साना समस्या देखि देशलाई समस्यामा पार्ने खालका गतिविधि गरिरहेकाले जनताले नभई अव नेपालको अस्तित्व र देश नेपाललाई जोगाउन राजातन्त्र वाहेक अरु कसैले नसक्ने जिकिर गरे ।
र्यालीमा यूवाहरुले ‘राजतन्त्र जिन्दावाद, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, गणतन्त्र मुर्दावाद’ र ‘राजा आऊ, देश बचाऊ’ लगाएतका नारा लगाएका थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकबाट शुरु भएको र्याली बुटवल वजार परिक्रमा गरी ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।