काठमाडौँ । नेपालभर गत २४ घण्टामा उनन्तीस सय तेत्तीसमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४ सय ४६ को पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा सोमबार एक हजार ६३० संक्रमित भएका छन् । त्यसमध्ये, काठमाडौंमा एक हजार ३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना छन् । अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ३७ हजार ९ सय ९२ रहेको छ । नेपालको निको हुनेको दर ७८.२ प्रतिशत पुगेको छ ।
देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ९ सय ८४ पुगेको छ । संक्रमित हुने मध्ये ०.६ प्रतिशतको ज्यान गएको छ । तीन हजार १५० निको भएका छन् ।