arrow

बहराइनका राजकुमारलाई नेपाली सेनाको सुरक्षाकी सर्भिलेन्स ?

एकपछि अर्को खाडीका राजकुमारहरु हिमाल चढ्ने अभियानका क्रममा नेपालमा 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
baharain-quatar-himal-team.jpg

काठमाडौं । नेपालको हिमाल आरोहण गर्न मरुभूमीयुक्त खाडी राष्ट्रका एकपछि अर्को राजकुमारहरु नेपाल भ्रमणमा आएका छन् । पछिल्लो एक महिनामै दुई खाडी राष्ट्रहरु बहराईन र कतारका राजकुमार हिमाल आरोहणका लागि नेपाल आएका हुन् । बहराईनका राजकुमार सहितको टोली दुई हिमालको आरोहण गरि फर्केको छ भने कतारका राजकुमार सहितको टोली आरोहणका लागि तयारीमा जुटेको छ। 

असोजको अन्तिम साता अर्थात असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरे । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहरणमा सेभेन समिट ट्रेक्स प्रालिले चाजोपाँजो मिलाएको थियो । उनीसँगै बहराइनका शाही परिवार, सुरक्षा टोली र गाइड, शेर्पागरी ५० जनाभन्दा धेरैले सो हिमाल आरोहण गरेका थिए । टिमको नेतृत्व विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका दक्षिण एशियाका पहिलो आरोही मिङ्मा शेर्पा र १४ वटै हिमाल आरोहण गरेका छाङ दावा शेर्पा र अक्सिजनबिना सगरमाथा चढ्ने सबैभन्दा कान्छा आरोही टासी लाक्पा शेर्पाले गरेका थिए । सो टिममा २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पा गाइडको भूमिकामा देखिएका थिए ।

त्यसअघि राजकुमारको टोलीले असोज १७ गते सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेको थियो । तर यहाँ रमाइलो र अलिअलि गम्भीर कुरा के हो भने पर्यटन मन्त्रालय मार्फत हिमाल आरोहण गरिरहेको बहाराइनका राजकुमार भने त्यहाँको सेनाका स्टाफ थिए । बहराइन सेनाको माथिल्लो तहमा रहेका राजकुमार नेपाल आएपछि सैनिक सहचारी र सैनिक जंगी अड्डाले चासो राखेको थियो । सैनिक स्रोतका अनुसार पर्यटन मन्त्रालय यस्तो विषय जानकारी नगराएको भन्दै नेपाली सेनाले असन्तुष्टि जनाएको थियो । ‘सेनाले केही असन्तुष्टि जनाउनुको कारण भनेको चाहि बहराइनका राजकुमार त्यहाँको सेनाको माथिल्लो दर्जामा कार्यरत हुनु थियो भने उनको सुरक्षामा आएका सैनिक सदस्यहरु पनि यूरोपियन मुलुकका भएको कारणले त्यो विषय आफ्नो जानकारीमा हुनुपर्छ भन्ने हो,' सैनिक स्रोतले भन्यो, ' यसमा कुनै अर्को कारण छैन, उनको सुरक्षा नेपाल सरकारले गर्ने भएकाले सुरक्षामा सेना खटिनु भने नौलो विषय भएन।’ यसलाई सेनाको निगरानीको रुपमा लिइएको छ । अर्को देशका सेनाका अधिकारीहरु आउँदा सम्वन्धित देशका सेनालाई जानकारी दिनुपर्ने प्रोटोकल अवज्ञा भएपछि सेनाको यसमा असन्तुष्टी थियो । त्यो असन्तुष्टीलाई शालिनतापूर्वक राखेर त्यसको बिरोध पनि जनायो साथमा आफ्नो तर्फबाट दिनुपर्ने सुरक्षाको बन्दोबस्ती पनि गरेको थियो । पर्यटन मन्त्रालयले समयमै प्रोटोकल अनुसार समन्वय नगर्दा नेपाली सेनाको व्यवस्थापन चाहि छुट्टै सर्भिलेन्स जस्तो देखिएको सैन्य स्रोतले बतायो।   

राजकुमारको सोही टोली गत असोज २० गते मनास्लु आरोहणका लागि गोरखाको सामागाउँ पुगेका बेला सामान्य झमेला समेत भएको थियो । सामागाउँलाई सँधै दुख, सुखमा साथ र सहयोग गर्ने प्रतिबद्धता गरेपछि मात्रै त्यहाँ बहराइनका शाही परिवारको पहिलो भ्रमणको अवसरमा सामागाउँका बासिन्दाले पाँच हजार मिटरभन्दा अग्लो हुसुरडाँडालाई रोयल बहराइन पिक भनेर नामाकरण गरी जनप्रतिनिधि, स्थानीय आमा समूह, सांस्कृतिक समूह, गौरीशंकर आधारभूत विद्यालय लगायतका टोलीले बाजाजागासहित स्वागत गरेका थिए ।

बहराइनको राजकुमारको टोली फर्कन नपाउँदै सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाको टोली आधार शिविर पुगेका छ। राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको हो । आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियन टोली पुगेको आधार शिविर पुगेको हो । आरोहणको व्यवस्थापन हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ