arrow

भारतमा एकैदिन २१ हजारले घटे कोरोनाका संक्रमित

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
corona-india-test3.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी नियन्त्रण नजिक पुगेको छ । कुनै समय १० लाख २० हजार सक्रिय संक्रमित रहेकामा अहिले आधा घटेका छन् । 

सोमबार ३७ हजार ५९२ जना कोरोनाका संक्रमित थपिँदा ५८ हजार ५२४ जना कोरोनामुक्त भए । यसरी दिनानुदिन कोरोनामुक्त हुनेको संख्या बढ्दै जाँदा सक्रिय संक्रमित घटेका हुन् । 

अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८२ लाख ६६ हजार ९१४ पुगेको छ । ७६ लाख १ हजार ४२९ जना कोरोनामुक्त भएका छन् । 

सक्रिय संक्रमितको संख्या अहिले ५ लाख ४० हजार ८८३ जना पुगेका छन् । सोमबार ४९७ जनाको ज्यान गएको छ । योसँगै कुल मृतकको संख्या १ लाख २३ हजार १३९ जना पुगेको छ । 

भारतका केही राज्यमा अहिले पनि लकडाउन रहेको छ । तर धेरै जसो राज्यहरुमा भने नियन्त्रण नजिक पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ