काठमाडौं । यसपालि दिल्ली क्यापिटल्सले सन्दीप लामिछानेलाई धोका दियो । दिल्ली युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेसँगै अब सन्दीपले बाँकी खेलमा मैदानमा पुग्ने सम्भावना छैन ।
प्लेअफ पुग्ने निश्चित प्रायः भइसकेपछि दिल्लीले लगातार चार खेल हार्यो । दिल्लीले ती चार खेलमा सन्दीपलाई खेल्न खेलाउन सक्थ्यो । सन्दीप बेन्चमै बस्न वाध्य भए ।
अब क्वालिफायर्समा पुगेपछि सन्दीपलाई खेलाएर जोखिम मोल्ने स्थितिमा दिल्ली अवश्य पुग्ने छैन । अहिले जमिरहेका स्पिनरहरु घाइते भएमात्र सन्दीपको पालो आउनेछ ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले यसपटक एक खेल पनि खेल्न पाएनन् । १४ वटै खेलमा उनी बेन्चमा बस्न वाध्य भए ।
दिल्लीसँग आवद्ध सन्दीपलाई यसअघिका दुई वटै सिजनमा दिल्लीले खेलाएको थियो । तर यसपालि सबै खेलमा बेन्चमा राख्यो ।
दिल्लीले तीन वर्षका लागि सन्दीपसँग सम्झौता गरेको थियो । पहिलो सिजनमा ३ र दोस्रो सिजनमा ६ खेल सन्दीपले खेल्न पाएका थिए ।
तर यसपालि उनले एक खेल पनि खेल्न पाएनन् । अब क्वालिफायर्समा पनि उनी खेल्न पाउने छैनन् ।
युएईबाट सन्दीप बिना खेल फर्कने छन् । उनले बडादशैंको अवसरमा नेपालीहरुलाई शुभकामना दिँदै आफू युएईमा भए पनि मन भने नेपालमै रहेको बताएका थिए ।