arrow

भारतको दुई करोड ५८ लाखको सहयोगमा भीमसेन आदर्श विद्यालयको भवन निर्माण

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
bhimsen-aadarsha-mavi-nepal.jpg

काठमाडौं । भारत सरकारले नवलपुर जिल्लामा भीमसेन आदर्श उच्च माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको २ करोड ५८ लाख रुपैयाँ बढीको आर्थिक सहयोगमा नवनिर्मित भवन निर्माण भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ । 

दूतावासका जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधि, विद्यार्थी एवम्विद्यालय परिवारद्वारा संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उक्त भवन सोमबार उद्घाटन गरिएको हो ।

साविकको साना विकास परियोजना र हाल उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको यस विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको अर्को एउटा उदाहरण भएको भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको दूतावासको दावी छ । 

भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको यस विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइ सुविधा रहेका छन् ।

देवचुली–७ मा अवस्थित उक्त विद्यालयको स्थापना सन् १९६९ मा भएको थियो । उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन गराइन्छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ५५ प्रतिशत भन्दा बढी छात्रा छन् ।



लोकप्रिय समाचार
नयाँ