arrow

भारतको रानीवनमा नेपाली महिलाको शव भेटियो

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
dead-body-parashi.jpg

महेन्द्रनगर । कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ  । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् । 

“महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, “ शवसंगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ की महिला हुन् ।” 

शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ