arrow

सू्र्य बहादुर केसीको निधनमा कांग्रेसबाट शोक प्रस्ताव पारित, तीन दिन पार्टीको आधा झण्डा झुकाइने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
surya-bahadur-kc1.jpg

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कार्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

कांग्रेसले केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । वैठकले कार्तिक १९ गते बुधबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय समेत गरेको छ । बैठकमा स्वर्गीय केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नका लागि १ मिनेट मौन धारण गरिएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका आमन्त्रित सदस्य, प्रतिनिधि सभाका सदस्य एवं प्रतिष्ठित उद्योगपति के.सी.को कार्तिक १७ गते राति १० बजे पोखरा महानगरपालिका वडा नं. ७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय के.सी.ले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको कांग्रेसले स्मरण गरेको छ ।

पिता कीर्तिबहादुर के.सी. र माता पदमकुमारी के.सी. को ज्येष्ठ सुपुत्रको रुपमा वि.सं. २०१४ जेठ १० गते जन्मिएका के.सी. २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधि सभा सदस्य थिए । 



लोकप्रिय समाचार
नयाँ