काठमाडौं। पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ११४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। विभिन्न स्वास्थ्य प्रयोगशालामा आज ११ हजार १६६ पिसिआर परिक्षण गरिएकामा एक हजार ८६७ पुरुष तथा एक हजार २४७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना कोरोना संक्रमणमुक्त भएको र कोरोनाका कारण २० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ६८ कोरोना संक्रमित थपिएका छन्।
कोरोना संक्रमितमध्ये हाल ३० हजार ६९४ होम आइसोलेशनमा रहेका र ३७२ जनाको आइसियु तथा ६८ जनाको भेन्लिेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।