काठमाडौं । पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ।
उनको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो । गत कार्तिक १५ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।
उनलाई नर्भिक हस्पिटलमै पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
सीता विगत एक दशकदेखि ‘माइस्थेनिया’ नामक रोगबाट पीडित थिइन् ।