काठमाडौं । पूर्वसभामुख एवं सांसद कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो । उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमार्फत दिवंगत सीताप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेका छन् । त्यसैगरी उनले महरासहित शोकाकुल परिवारमा गहिरो समवेदन व्यक्त गरेका छन् ।
यस्तो लेखेका छन् प्रधानमन्त्री ओलीले, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’