काठमाडौं। नवनियुक्त परराष्ट्र सचिव भरतराज पौड्यालसँग नेपाल लागि भारतका राजदुत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् । भेटमा आफूले परराष्ट्र सचिवमा नियुक्त भएकोमा बधाई दिएको राजदुत क्वात्राले ट्वीट गरि बताएका छन्। भेटमा नेपाल भारतको सम्बन्धलाई अझ सुदृढ गर्दै जाने बिषयमा कुराकानी भएको क्वात्राले बताएका छन्।
क्वात्राले मंगलवार मात्रै नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलसँग पनि शिष्टाचार भेट गरेका थिए । अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीचको भेटमा द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको थियो।
क्वात्राको शिष्टाचार भेटकै बीच बुधवार भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे ३ दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदै छन्।