arrow

नविन्द्रराज जोशीले विद्यासुन्दरलाई सोधे –तपाईको इज्जत कहाँ पुग्यो ?

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
nabindra-raj-joshi-mp-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कहाँ हराएको भनी प्रश्न गरेका छन् । 

उनले सामाजिक संजालमार्फत विद्यासुन्दरलाई सम्वोधन गर्दै कोरोना भाइरसको महामारीले विकराल लिँदासमेत कता हराएको भनी गम्भीर प्रश्न गरेका हुन् । 

उनले खुलामञ्चमा भोकाहरुलाई खुवाइरहेकाहरुलाई खुवाउन बन्देज लगाएकोप्रति प्रश्न गर्दै भोको भेटलाई भोकै बस्न वाध्य बनाउँदा इज्जत कहाँ पुग्यो भनी प्रश्न समेत गरेका छन् । 

नेता जोशीले भोकोपेट भर्न अघि बढेका सहृदयी हातलाई सरसफाइको बहानामा रोक्नु अन्याय हैन र ? भनी प्रश्नसमेत गरेका छन् । 

यसो लेखेका छन् जोशीले, ‘विद्यासुन्दरजी ! काठमाडौंमा महामारीले विकराल रुपलिइरहँदा तपाईं कहाँ हुनुहुन्छ ? भोकपेटलाई भोकै बस्न बाध्य बनाउँदा तपाईंको इज्जत कहाँ  पुग्यो ? भोकोपेट  भर्न अघि बढेका सहृदयी हातलाई सरसफाइको बाहनामा रोक्नु अन्याय हैन र । कुनैपनि  बाहना नागरिकको पेट भोको राख्न पाइदैन ।’



लोकप्रिय समाचार
नयाँ