arrow

शान्ति भड्काउने अभिव्यक्ति दिएको आरोपमा पुण्य गौतम पक्राऊ 

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
punya-gautam.jpg

काठमाडौं । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । 

गौतमलाई बुधबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ