रंगेली । इलाका प्रहरी कार्र्यालय रंगेलीले गएराती तास खेल्ने ९ जनालाई रंगेलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेलीका विकास कुमार मण्डल, श्रीप्रसाद मुखिया, लक्षु महतो, कमलदेव साह, भोलेनाथ मण्डल, दिपक मण्डल, धिरेन साह, चन्दन मण्डल र झप्सु यादव रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए ।
उनीहरुलाई प्रहरीले गएराती सुराकीको आधारमा रंगेली नगरपालिका ७ नयाटोल स्थित च्याऊ खेती लगाएको घर बाट जितहार हुने गरी तास खेल्दै गएको अवस्थामा पक्राउ गरिएको निरिक्षक खड्काले बताए ।
प्रहरीले उनीहरुको साथ बाट भारतिय रकम सहित नेपाली करिव ५९ हजार रुपैया र ९ थान मोवाइल सहित ९ बुक तास समेत बरामद गरेको छ । पक्राउ गरेका हरुलाई जुवातास ऐन अन्र्तगत कार्वार्ही अगाडी बढाएको रंगेली प्रहरीले जनाएको छ ।