arrow

तेत्तीस सय नौ संक्रमित थप, तीस जनाको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
corona-nepal-ministry.JPG

काठमाडौँ ।  देशभरमा बुधबार कोभिड–१९ का तेत्तीस सय नौ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै तीन हजार ८४४ संक्रमणमुक्त भएका छन् ।
     
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार थपिएका संक्रमितमध्ये पुरुष दुई हजार पाँच र महिला एक हजार ३०४ रहेका छन् । प्रवक्ता डा जागेश्वर गौतमले बुधबार संक्रमणमुक्त भएका तीन हजार ८४४ समेत गरी बुधबारसम्म एक लाख ४४ हजार ९७८ संक्रमणमुक्त भएको जानकारी दिए ।

 बुधबारसम्म निको हुने दर ७९ दशमलव तीन प्रतिशत रहेको छ । बुधबारसम्म सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ । पिसिआर परीक्षणमध्ये संक्रमण दर १२ दशमलव तीन प्रतिशत छ । यससँगै जम्मा संक्रमितको सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । 

काठमाडौँ उपत्यकामा बुधबार एक हजार ८७८ संक्रमित थप भएका छन् । काठमाडौँ जिल्लामा एक हजार ५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा बुधबार थपिएका संक्रमितमध्ये एक हजार १४१ पुरुष र ७३७ महिला छन् ।

 उपत्यकाकाका  काठमाडौँमा १६ हजार ४२०, ललितपुरमा दुई हजार २७४ र भक्तपुरमा एक हजार ११४ सक्रिय संक्रमित छन् । त्यस्तै होम आइसोलेशनमा रहनेको सङ्ख्या काठमाडौँमा १० हजार ९३१, ललितपुरमा दुई हजार २४५ र भक्तपुरमा एक हजार ७३० छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार हजार १४४ नमूना परीक्षण भएको थियो । हालसम्म १४ लाख ९४ हजार १२२ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ५१ हजार २०२ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये संक्रमण दर १२ दशमलव तीन  प्रतिशत छ । क्वारेन्टिननमा रहेकाको सङ्ख्या एक हजार ३०५  छ । 

सक्रिय संक्रमितमध्ये हाल ३० हजार १३१ होम आइसोलेशन र छ हजार ७८० संस्थागत आइसोलेशनमा  छन् ।  प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा पाँच हजार ३०९, प्रदेश नं २ मा एक हजार ११, वाग्मतीमा १८ हजार ४३, गण्डकीमा एक हजार ७१०, लुम्बिनीमा दुई हजार ७३८, कर्णालीमा २७० र सुदूरपश्चिम प्रदेशमा ९८० रहेको छ । त्यस्तै संस्थागत आइसोलेशनतर्फ प्रदेश १ मा ११२, प्रदेश २ मा ३८, वाग्मतीमा पाँच हजार १८५, गण्डकीमा ८९५, लुम्बिनीमा  ४४९, कर्णालीमा ४४ र सुदूरपश्चिम प्रदेशमा ५७ रहेको छ । 

देशभरमा  बुधबार ३७९ संक्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४८, प्रदेश २ मा आठ, वाग्मतीमा १७९, गण्डकीमा ८६, लुम्बिनीमा ४८, कर्णालीमा चार र सुदूरपश्चिममा छ संक्रमित आइसियूमा छन् । त्यस्तै प्रदेश १ मा १३, वाग्मतीमा ५०, गण्डकीमा आठ, लुम्बिनीमा चार र सुदूरपश्चिममा तीन गरी ७८ संक्रमित भेण्टिलेटरमा  छन् ।

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ३० जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ३४ पुगेको छ । 
जम्मा संक्रमितमध्ये  मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो सङ्ख्या प्रतिदश लाख पोजेटिभमा ३५ दशमलव चार हो ।  
 



लोकप्रिय समाचार
नयाँ