काठमाडौँ । सरकारले नेपाल प्रहरी अस्पतालले तीन सय शय्याको कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ ।
घरमा नै बसिरहेका संक्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन प्रवक्ता डा जागेश्वर गौतमले अनुरोध गरे । ‘होम आइसोलेसन’ मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उनले आग्रह गरे ।
बुधबारसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा संक्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी९बर्दघाट सुस्तापूर्व०, रुपन्देही र दाङ छन् । बुधबार मनाङ र बाजुरामा एक जना पनि सक्रिय संक्रमित छैनन् ।
देशभरमा बुधबार ३७९ संक्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ४८, प्रदेश २ मा आठ, वाग्मतीमा १७९, गण्डकीमा ८६, लुम्बिनीमा ४८, कर्णालीमा चार र सुदूरपश्चिममा छ संक्रमित आइसियूमा छन् । त्यस्तै प्रदेश १ मा १३, वाग्मतीमा ५०, गण्डकीमा आठ, लुम्बिनीमा चार र सुदूरपश्चिममा तीन गरी ७८ संक्रमित भेण्टिलेटरमा छन् ।