arrow

कोरोना बिरामीलाई गणेशमान प्रतिष्ठानले निःशुल्क औषधि र चिकित्सकीय परामर्श दिने

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना बिरामीको उपचारका लागि निःशुल्क औषधि र चिकित्सकीय परामर्श दिने भएको छ ।

 प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा कात्तिक २४ गते काठमाडौँ क्षेत्र नं ८ का जनतालाई निःशुल्क स्वास्थ्य सामाग्री र चिकित्सकीय परामर्श दिने भएको हो । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले झण्डै रु ३० अर्ब खर्च गरे पनि जनचेतना, परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेशन केन्द्र निर्माण र  अस्पताल व्यवस्थापनमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाए ।
 
प्रतिष्ठानले सबै निर्वाचित जनप्रतिनिधिलाई कोरोना नियन्त्रणका लागि जिम्मेवार बन्न आग्रहसमेत गरेको छ ।  काठमाडौँ क्षेत्र नं ८ का कोरोना संक्रमित बिरामीलाई कोभिडसम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउन टेलिसेन्टर सञ्चालन गर्ने र त्यसमा डा भूपेन्द्र बस्नेत र डा रवीन्द्र पाण्डेको समूह रहने जनाइएको छ ।

  कोभिड–१९ को संक्रमितका लागि अक्सिमिटर वितरण, आइसोलेशनको रेकर्ड र एम्बुलेन्स प्रयोगका लागि सहजीकरण गर्नेसमेत प्रतिष्ठानले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ