पाल्पा, रामपुर। कोरोना भाईरस (कोभिड १९ ) का कारण पाल्पामा एक जना पुरुषको मृत्यु भएको छ।रामपुरमा मेडिकल सन्चालन गर्दै आएका रामपुर नगरपालिका वडा नं. ७ का ४४ बर्षिय स्वास्थ्यकर्मीको मृत्यु भएको हो । उनी एक महिना अघि देखि लुम्बिनि मेडिकल कलेज प्रभासमा उपचाररत थिए ।
गत कात्तिक ५ गते कोरोना पुष्टि भएपछि मेडिकलको आईसोलेसनमा केही दिन उपचार पश्चात उनी आईतबार घर फर्किएका थिए । सोमबार एक्कासी स्वास्थ्यमा समस्या देखिए पछि उनलाई पुनः राति १ बजे अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मंगलबार विहान ८ः४५ बजे निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । उनी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका थिए । रामपुरका १ पुरुषको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण पाल्पामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
यसैबीच पुर्वी पाल्पा स्वास्थ्यकर्मी तथा औषधी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनको निधनप्रति दुख व्यक्त गर्न बसेको आकस्मीक बैठकले शोक प्रस्ताव पारित गर्दै मंगलबार रामपुरका सबै मेडिकल बन्द गरेका छन् भने अर्को निर्णय नहुँदासम्मका लागि आकस्मिक फार्मेशी सेवा विहान ९ बजे देखि साँझ ६ बजे सम्म दिने निर्णय गरेको छ ।