झापा । झापामा बिहिबार एकैदिन अहिलेसम्मकै धेरै एक सय उन्नाइस जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ५१ जना महिला र ६८ पुरुष रहेका छन ।
बिहिबार बिहिबार थपिएका संक्रमितहरु दुई महिने शिशु देखि ९२ वर्ष सम्मका सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित शिशु गौरादह नगरपालिकाका रहेको स्वास्थ्य कार्यालयको रिपोर्टमा उल्लेख गरिएको छ ।
संक्रमितहरुमा दमक नगरपालिकाका ४८, बिर्तामोडका २९, भद्रपुरका ३, मेचीनगरका ३, अर्जुनधाराका ४, कन्काइका ३, गौरादहका ६, बुद्धशान्तिका ५, हल्दिबारीका ५, कमलका १० र शिवसताक्षीका ३ गरि ११९ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए।
हाल झापामा कुल संक्रमितको संख्या दुई हजार तीन सय बैसठ्ठी पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ४१२ पुगेका छ । त्यसैगरि हाल सम्म झापामा ८९३ जना सक्रिय संक्रमित रहेका छन् ।
झापामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ३ का ४२ बर्सिय महिला हुन । यो सँगै झापामा ज्यान गुमाउनेको संख्या ५७ जना पुगेको छ ।