arrow

बुधबार बिहान श्रीमान्‌को हत्या गरिन् इश्वरीले

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
Dead_Body.jpg.jpeg

सल्यान । प्रहरीले श्रीमान्को हत्या गरेको आरोपमा एक महिलालाई प्रक्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमति ४३ वर्षिया इश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो । 

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरयासी झगडा भइरहने र इश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि इश्वरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । 

आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक वलीले जानकारी  दिए ।



लोकप्रिय समाचार
नयाँ