arrow

होटलबाट इन्जिनियर पक्राउ

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
ghussahit-pakrau.jpg

वागमती । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले  १० लाख  घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट  प्रसारण लाइन आयोजनामा कार्यरत  नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले बिहिबार पक्राउ गरेको जनाएको छ । प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिनियिर जैसवालले रु १० लाख रकम मागेका थिए । उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए  ।



लोकप्रिय समाचार
नयाँ