भुटुकेडाँडाको भिरबाट टिपर खस्यो, चालक र सहचालकको घटनास्थलमै मृत्यु
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
49
Shares
कावासोती । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका-३ मा टिपर भिरबाट खस्दा बिहिबार दुई जनाको मृत्यु भएको छ ।
विनयीत्रिवेणी गाउँपालिका-३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २-०३-००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो ।
भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए ।