काठमाडौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले विरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् । डा महतले आफ्नै घर कम्पाउण्डमा विरुवा रोपेर जन्मदिन मनाएका हुन् । उनले सबैले आफ्नो जन्मदिनमा विरुवा रोपेर मनाउन सके वातावरण र मानव स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पर्ने बताए ।
आफ्नो जन्मदिन माैलिक र सन्देशमुलक तरिकाले मनाउन पाउँदा निकै खुसी भएको र अरुलाइ समेत आफ्नो जन्मदिनमा विभिन्न प्रजातीका फलफुल तथा बोटबिरुवा रोपेर जन्मदिन मनाउन आग्रह गरे । आफू जन्मेको दिनमा विरुवा राेपेर जन्मदिन मनाउने संस्कार उत्कृष्ट भएकोले आफू अभियानमा जोडिएको उनले बताए ।सम्पूर्ण नेपालीहरुले आफु जन्मेको दिनमा एउटामात्र विरुवा राेप्ने हाे भने करोडौं विरुवा हुर्कने तथा यो राष्ट्रकाे लागि महत्त्वपूर्ण याेगदान हुने उनले बताए ।
सबै नागरिकहरु विचमा सद्भाव र एकता कायम गरि समाजमा शान्तिपूर्ण वातावरण बनाउने अभियानकाे उद्देश्यले सबैलाई हित हुने पनि उनको दाबी छ । विरुवा राेपेर जन्मदिन मनाउने संस्कारलाई नेपाली माैलिक संस्कारको रुपमै बिकास गर्दा समाज र बिश्वमै सकारात्मक सन्देश जाने उनले बताए । लमजुङबाट यो अभियान शुरु भइ अहिले देशैभर शुरु भएको छ ।