arrow

फेरि आमरण अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी 

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
dr-govinda-kc6.jpg

काठमाडौं । सत्याग्रही प्रा.डा. गोविन्द केसीले फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै  १९औं चरणको आमरण अनसन बसेर शरीर त्रंग्रिन नपाउँदै डा. केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरे फेरि अनसन बस्ने चेतावनी दिएका हुन् । 

डा केसीले बिहीबार त्रिवि शिक्षण अस्पताल बाहिरपत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएका छन् । उनले  सरकारले जनतामुखी ऐनलाई माफियामुखी बनाउने गरेका कारण यसअघि प्राप्त भएका उपलब्धिहरुसमेत गुम्दै गएको आरोप लगाउँदै तत्काल सम्झौता कार्यान्वयन गर्न माग गरे । 

उनले अहिलेसम्मका सहमति कार्यान्वयन नगरे थप मागसमेत लिए आमरण अनसन बस्न वाध्य हुने चेतावनी दिए । 

डा. केसीले १९ औं आमरण अनसनका क्रममा सबै नेपालीलाई निःशुल्क पीसीआर परीक्षण गरी कोरोना भाइरसको उपचार गर्न मागसमेत गरेका थिए । सरकार राजी पनि भएको थियो । अहिले फेरि सरकारले यो जिम्मेवारीबाट पन्छिएको छ । 

त्यतिबेला सत्तारुढ नेकपा बाहेकका सबै जसो दलले डा. केसीका मागप्रति ऐक्यवद्धता जनाएका थिए । 



लोकप्रिय समाचार
नयाँ