arrow

गणेशमान जयन्तीको अवसरमा स्वास्थ्यमा जोड दिँदै अध्ययन प्रतिष्ठान

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
ganeshman-singh1.jpg

काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर यही कात्तिक २४ गतेदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसिआर परीक्षणबाट समेत पन्छिएकाले पहिलो चरणमा क्षेत्र नं ८ का नागरिक लक्षित अक्सिमिटर, मास्कलगायत औषधि वितरणसँगै जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । 

स्वास्थ्य सामग्री वितरणसँगै चिकित्सकीय परामर्शसमेत दिइने जनाइएको छ । बिहान, दिउँसो र बेलुका तीन समूहमा चिकित्सकीय परामर्श उपलब्ध गराउन मोबाइल नम्बरसमेत सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको वडा नं १३, १५, १९, २०, २३ र २४ एवं नागार्जुन नगरपालिका क्षेत्र नं ८ मा पर्छ । भोकालाई खाना खुवाउनेलाई समेत लखेटेर काठमाडौँ महानगरपालिकाले न्यूनतम मानवीय संवेदनासमेत देखाउन नसकेको नेता जोशीको आरोप छ ।

कोरोनाको महामारी शुरु भएको नौ महिना बितिसक्दा पनि सरकार नियन्त्रणमा कुनै काम नगरी आन्तरिक द्वन्द्वमा फसेको उनले बताए । 

जनचेतनामूलक अभियानसँगै काठमाडौँ क्षेत्र नं ८ लाई पूर्णरूपमा सही तरिकाले मास्क प्रयोग गर्ने क्षेत्रका रूपमा स्थापित गरिने लक्ष्य पनि प्रतिष्ठानले लिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष जोशीले बताए ।

यसैबीच मौसम परिवर्तनसँगै सचेत रहनुपर्नेमा जनस्वास्थ्यविद्ले जोड दिएका छन् । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले चिसो बढेसँगै मङ्सिर, पुुस र माघ महिनामा सङ्क्रमण बढ्ने भएकाले सुरक्षितरूपमा बस्न आह्वान गरेका छन् । 

स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा सुधा शर्माले यस वर्षको तिहार, नेपाल संवत्, छठलगायत पर्व मनाउँदा सचेत हुनुपर्ने बताएकी छिन् । दूरी कायम गरी मास्क लगाएरमात्र सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।



लोकप्रिय समाचार
नयाँ