arrow

कंगनाको बंगला तोडफोडमा बाधा पुर्याउने महिलालाई जमानत

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
kangna-1_1604585559.jpg

काठमाडौं । भारतीय अभिनेत्री कंगना रेनोटको बंगलामा तोडफोडका क्रममा बाधा पुर्याउने महिलालाई मुम्बई अदालतले जमानत दिएको छ । कंगनाको बंगलामा नगर निकायले गरेको तोडफोडका क्रममा कथित तरिकाले बाधा पुर्याएको र एक सरकारी कर्मचारीलाई रोकेको आरोपमा गिरफ्तार महिलालाई अदालतले जमानत दिएको हो । 

कंगनाको घरको बाहिर प्रदर्शन गरेको आरोपमा पुलिसले १५ जनालाई पक्राउ गरेको थियो । अतिरिक्त १७ न्यायाधीश आर एम सदरानीले ५१ वर्षीया सपना परेरालाई १५ हजार भारु निजी मुचुल्कामा जमानत दिएका हुन् । 

माहिलामाथि आईपीसीको धारा ३५३, १८८ र बम्बई पुलिस अधिनियमको प्रावधान अनुसार मामिला दर्ता भएको थियो । 

अभियोजन पक्षका अनुसार १५ देखि २० जनाको एक समूहले बान्द्रामा कंगनाको बंगला बाहिर जम्मा भएर तोडफोडको कार्वाहीको विरोध जनाएका थिए । 

उनीहरुले पुलिसलाई कर्तव्य पूरा गर्नबाट रोकेको बताइएको छ । 

उनलाई झुठो मुद्धामा फसाएको वकिल श्रीगणेश सावलकरले बताएका छन् । 



लोकप्रिय समाचार
नयाँ