काठमाडौं । बलिउड नायिका एवं मोडल गौहर खानले आफूभन्दा ११ वर्ष कान्छासँग विवाह गर्ने भएकी छिन् । उनले गायक इस्माइल दरबारका छोरा जैद दरबारसँग इन्गेजमेन्ट गरिसकेकी छन् । उनीहरुको २५ डिसेम्बरमा बिहे गर्ने जनाइएको छ ।
दरबारले अझै बिहेको तारिख पक्का नभएको बताएका छन् । उनले आफूलाई छोराको इन्गेजमेन्टबारे जानकारी नभएको बताए । उनले भारतीय संचारमाध्यमसँग आफूले पनि सोसल मिडिया हेरेरै थाहा पाएको बताए ।
उनका छोराले आफूसँग बिहेबारे प्रसङ्ग नै नचलाएको उनले बताए । जैदले आफ्नी आमासँग भने कुराकानी गरेका थिए । इस्माइलले आफू छोराले जुनसुकै हिन्दूस्तानी केटीलाई रुचाए उसकै पक्षमा जाने समेत बताएका छन् ।
गौहर खान बलिउड चलचित्र र टिभी सीरिअलको अभिनेत्री हुन् । उनी भारतीय रियलिटी शो बिग बोस सीजन ७ की विजेता हुन् । उनले गेम र फिभर जस्ता हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छिन् ।