arrow

देउसीभैलो खेल्न नपाइने

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
deusi-ra-bhailo-new.jpeg

रुकुमपूर्व । रुकुमपूर्वमा यस वर्ष तिहारमा देसी भैलो खेल्न नपाइने भएको छ । कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् । 

देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

विगत एक महिनायता जिल्लामा कोरोनाका सक्रिय संक्रमित छैनन् । जिल्लामा सक्रिय संक्रमित छैनन् भनेर लापरबाही गर्न कसैलाई छुट नभएको प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताए । 

विगतका वर्षझै तिहारमा दाइभाइ दिदीबहिनी कहाँ र दिदी बहिनी दाइभाइ कहाँ नजान पनि जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सबैमा आग्रह गरेको छ । हामी रहेमात्र हाम्रा चाडपर्व रहन्छन् भन्दै उनले सबैलाई अहिले आफू बसिरहेको ठाउँमा सुरक्षित भएर बस्न जिल्लावासीलाई आग्रह गरेका छन् । 

यसपालीको तिहारमा कोहीकसैले निर्णय विपरीत देउसी भैलोको कार्यक्रम सञ्चालन गरेमा कानूनअनुसार कारवाही गरिने प्रजिअ राइले चेतावनी दिए । प्रजिअ राइले सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दैनिक कामकाज एवं चाडपर्व मनाउन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ